कम जन्मिदै छोरी, संजाल प्रयोगकर्ता भन्छन्- ‘मेरो नातिलाई अमेरिकन खोज्छु’

कम जन्मिदै छोरी, संजाल प्रयोगकर्ता भन्छन्- ‘मेरो नातिलाई अमेरिकन खोज्छु’

विहान आँखा खुलेलगत्तै मोबाइल हेर्ने बानी परेको छ । इन्टरनेटको जमाना भएकाले विहान एक पटक मोबाइलमा फेसबुक नखोली यो चंचल मन कहाँ मान्छ र ? सधैझै आज पनि उठे लगत्तै फेसबुक खोले । ‘घट्यो बालबालिकाको जनसंख्या, कम जन्मिदै छोरी !’ भन्ने समाचार पढेपछि एकछिन छक्क परे । मेरो मुरै दिमाग हल्लाईदिए झै लाग्यो र म सोचमग्न हुन पुगे ।


बच्चा जन्मिनासाथ सबैको कौतुहलताको विषय हुन्छ, ‘के जन्मियो भनेर ।’ छोरा जन्मियो भने छोरै पाएछ भन्ने हुन्छ । सुन्नेले र सुनाउने पनि ‘छोरै जन्मिएछ नि’ भनेर अलिक बढी नै उत्साहका साथ भन्ने गर्छन् । मानौं छोरा जन्मिएको माहौलमा अलि धेरै नै रौनकता छाउँछ । छोरी जन्मर्दा ‘ल लक्ष्मी भित्रिइन्’ भनिन्छ । कताकता मनको कुनामा अर्काको घर पठाउनुपर्छ भन्ने मानसिकताले छोएको भान हुन्छ ।

छोरी प्रकृतिको सुन्दर रचना हुन् । छोरीले त हो घर उज्यालो बनाउने । जन्मेको दिनदेखि अलिकति काम गर्न जान्ने भएदेखि भाडा माँझ्ने, कुचो लगाउने जस्ता संस्कार र परिवेशमा हुर्कँदै गर्दा नजानिँदो तरिकाबाट तालिम पाउँछिन् ।

जति जति छोरी बढ्दै जान्छिन्, त्यति त्यति आमा बाबुको मन बेचैनी भइदिन्छ । कस्तो घरमा पर्ली, छोरीले दु:ख पाउने हो कि ? राम्रो सम्पन्न घरमा दिन पाए त हुने जस्ता कुराले आमाबाबुलाई सताउने गर्छ ।

‘छोरी तिमी आफ्नो खुट्टामा आँफै उभिन सक्नुपर्छ । तिमी आत्मनिर्भर भएपछि मात्रै तिमीले विवाह गर्नुपर्छ’ भन्ने कुरा अधिकांश बाबुआमामा हुँदैन । ‘तिम्रो इच्छा के छ, के पढ्छौं ? कुन सीप सिक्न मन छ भन । जसरी हुन्छ तिमी सक्षम हुनुपर्छ है ।’ भन्नुको सट्टा तिम्रो लागि सम्पन्न परिवारको केटा खोज्छौं भन्ने तर्फ लाग्छन् र त्यहि अनुरुप खोजिन्छ ।

हुर्केकी छोरी देखेपछि चारैतिरबाट विवाहको कुरा आउनु स्वभाविक नै भयो । एउटा राम्रो सम्पन्न घर आमाबाबुको रोजाइमा पर्छ । विवाहको बेला आउँछ । जति धेरै सम्पत्ति भएको घर छ, त्यति नै धेरै खर्च गरि छोरीको विवाह हुन्छ ।

कतै कुनै कमी हुने हो कि इज्जत जाने हो कि भन्ने डर छोरीको परिवारमा हुन्छ । ‘मारे पाप पाले पूण्य’ भन्दै छोरीको कन्यादान गरिन्छ । ‘मारे मार्छु, पाले पूण्य’ कसैले भन्दैनन् । हर्ष र विस्मातको दोधारमा आफ्नो प्यारो जन्मघरबाट रुँदै विदा हुन्छिन् छोरी ।

कहिले काहि माइतीमा आउँदा ‘छोरी कति दिनको विदा मागेर आएकी छौं ?’ भनेर प्रश्न सोधिन्छ । यो हुँदैन कि ‘तिमी खुशी छौं कि छैनौं ?’ तिम्रो मनको कुरा भन । केहि परे हामी छौं । यदि आफ्नो समस्या छोरीले सुनाइन् भनेपनि ‘त्यहीँ हो छोरी तिम्रो घर जाऊ । सहनुपर्छ के गर्ने छोरीको जात हो’ भनिन्छ ।

हामीले ‘छोरा छोरी बराबरी’, ‘सन्तान इश्वरका वरदान’ जस्ता नारा सुन्दै आएका छौं । तर, व्यवहारमा छोरीहरु सधैं पछाडि, कमजोर र आश्रितका रुपमा हेरिने गरेका छन् । उनीहरुलाई सिमित प्रयोजन र बोझको रुपमा लिने गरिएको छ । श्रृष्टिको सिर्जना वंश धान्न र जीवनयात्रा गर्न एउटै रथका पाङ्ग्रा मानिने छोरी भएर जन्मिनु विडम्बना हो र ?

अहिले पनि हाम्रो देशका केहि समाजमा छोरी बोझ हुन् भन्ने मान्यता छ । गर्भमै छोरा वा छोरी के छ भन्ने छुट्याइन्छ । यदि छोरी भए भ्रुणमै हत्या गर्ने गरेका घटनाहरु पनि धेरै छन् । जसको फलस्वरुप भविष्यमा नेपाली केटाहरुले विहे गर्न नेपाली केटी नपाउने विशेषज्ञहरुले बताएका छन् । अहिले यस्तो विषय हामीलाई मजाकको विषय लाग्न सक्छ तर यसले सृष्टीलाई नै असर गर्छ ।

यहि विषयलाई सामाजिक संजाल प्रयोगकताले मजाकको बनाएका छन् । एक प्रयोगकर्ता भन्छन्- ‘हात हेराउँदा जोतिषले 3 वटा बिहे हुन्छ भन्थे भन्नलाई 🤭’

अर्का प्रयोगकर्ता भन्छन्- ‘यो news पढेपछि त झन अब केटिहरुको कती भाउ बढ्ने हो । 😂😂😂🙈🙈🙈🙈😂’

यस्तै अर्का प्रयोगकर्ता भन्छन्- ‘मेरो नातिलाई अमेरिकन खोज्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top